काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार २७.१६ अंकले घटेको हो ।
आज नेप्से परिसुचक १८७१.२२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार घट्दा पनि कारोबार रकम पनि केही बढेको छ । उक्त दिन ९७ करोड १७ लाख ६७ हजार बराबरको कारोबार भएको छ ।
उक्त दिन २२३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ असोज २४ सोमवार १५:०५ मा प्रकाशित