काठमाडौं । आज सबैभन्दा बढी नबील बैंकको कारोबार भएको छ । आज कम्पनीको ३ करोड १० लाख ९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाईफ इन्स्योरेन्सको सेयरको २ करोड ४३ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
हिमालयन पावर पार्टनरको २ करोड १८ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, उक्त दिन रिडी पावर कम्पनीको २ करोड ७ लाख ३ हजार र नेपाल दुरसंचार प्राधिकरणको १ करोड ९२ लाख ७४ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
वि.सं.२०७९ असोज २५ मंगलवार १५:१३ मा प्रकाशित