काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गुराँस लाईफ इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ ।
कम्पनीको ७.४४२५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ४५१ रूपैयाँ ४० पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४८५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोलि सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ असोज २५ मंगलवार १७:५१ मा प्रकाशित