काठमाडौं । अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै असोज १३ गते आवेदन दिएको हो ।
कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।
वि.सं.२०७९ असोज २८ शुक्रवार १२:०३ मा प्रकाशित