काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल २०.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।
वि.सं.२०७९ असोज ३० आइतवार १४:४१ मा प्रकाशित