काठमाडौं । नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २०० रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकेको छ । उक्त दिन चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ असोज ३१ सोमवार ११:०६ मा प्रकाशित