काठमाडौं । नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १०० रुपैंयाले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ तोकेको छ । उक्त दिन चाँदी प्रतितोला २० रुपैयाले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
वि.सं.२०७९ कात्तिक १ मंगलवार ११:२० मा प्रकाशित