काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ सूचिकृत भएको छ ।
कम्पनीकोे १० लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल डिएलबिएस रहेको छ ।
कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कम्पनीको आईपीओले पहिलो कारोबारका लागि १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म ओपन रेञ्ज पाउने भएको छ ।
वि.सं.२०७९ कात्तिक ३ बिहीवार १२:१७ मा प्रकाशित