back
NMB ad

महँगो बन्दै नेपालीको भान्सा, मूल्य वृद्धि ८.६४ विन्दुमा

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको भदौ महिनासम्मको देशको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार मूल्य वृद्धि ८.६४ विन्दुमा पुगेको छ ।

नेपाल आयातमा आधारित अर्थतन्त्र भएको हुँदा डलर महंगो हुँदै गएपछि नेपालमा भित्रिने सबै सामाग्री पनि महंगो भएर मुद्रास्फितिमा वृद्धि भएको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार आवको पहिलो महिना मूल्य वृद्धि ८.२६ प्रतिशत र दोस्रो महिना ८.६४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष भदौ महिनामा मूल्य वृद्धि ३.४९ प्रतिशत मात्रै थियो ।

राष्ट्र बैंकका अनुसार भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.१७ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.०२ प्रतिशत रहेको छ ।

क्षेत्रगत रुपमा तराईमा सबैभन्दा बढी ९.३३ प्रतिशत मूल्यवृद्धि रहेको छ भने पहाडमा ८.८२ प्रतिशत र हिमालमा सबैभन्दा कम ६.६८ प्रतिशत मूल्यवृद्धि रहेको छ । काठमाडौंको मूल्यवृद्धि भने ७.६२ प्रतिशत रहेको छ ।

वि.सं.२०७९ कात्तिक ४ शुक्रवार १३:४९ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...