back
NMB ad

हालसम्म पाँच बैंकसहित तेह्र कम्पनीहरुले गरे लाभांश घोषणा, कुनको बोनस र नगद कति ?

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट हालसम्म तेह्र वटा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् ।

हालसम्म १३ वटा कम्पनी (म्युचुअल फण्ड बाहेक) ले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।

यस्तै, कम्पनीले उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार रुपैयाँ नगद लाभांश पनि दिने घोषणा गरेको छ ।

सोल्टी होटल

सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो । होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ ।

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूको असोज ३० गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट चुक्तापुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल २०.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

कुमारी बैंक

कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीहरुलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।बैंकले आर्थिक वर्ष २०७८/७९को वितरण योग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ करोड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको लाभांश शुक्रबार सम्पन्न साधारण सभाबाट पारित भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई कर सहित चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

एनसीसी बैंक
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट हाल चुक्तापुँजी ११ अर्ब १३ करोड रुपैयाँबाट ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रीतशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

रु रु जलविद्युत परियोजना

रु रु जलद्यिुत परिगोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।

अरुण काबेली पावर

अरुण काबेलीले १० प्रतिशत बोनस सेयर र सानिमा माई हाइड्रोपावरले ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको छ ।

सानिमा माइ हाइड्रोपावर

सानिमा माई हाइड्रोपावरले ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल ल्यूब आयाल

नेपाल ल्यूब आयालले २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको छ । जुन लाभांश असोज ३० गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।

बोटलर्स नेपाल बालाजु र तराई

बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश दिने भएका छन् ।

वि.सं.२०७९ कात्तिक ५ शनिवार ०७:३० मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...