back
NMB ad

मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्ने धादिङ ज्यामगुरुङवासीको घोषणा

Kumari bank ad

काठमाडौं । श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामगुरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरु कुनै रहरले नभई बाध्यताले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए ।

उनले भने,‘यो भनेको ३५ सय घरधुरीको बगिरहेको आँशु हो । हाम्रो समस्या समाधानको लागि पत्रकारहरुको ठूलो हात हुनेछ । हामी दिनप्रतिदिन त्यसै संघर्षमा उत्रिएका होईनौं । सबै निकाय धाएका छौं । तर कतैबाट समस्या समाधान नभएकोले यो निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेका हौं ।’

कार्यक्रममा बोल्दै निलकण्ठ नगरपालिका वडा–११ अध्यक्ष तथा सोही वडाका कांग्रेसका सभापति रामबहादुर श्रेष्ठले आफ्नो वडाका सबै दलका प्रतिनिधिहरुको उपस्थितिमा वडा कार्यालयको रोहबरमा आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाए । उनले उक्त निर्णय सर्वसम्म्त रहेको पनि स्पष्ट पारे ।

उनले २०३२ सालदेखि जग्गाको नापी सुरु भएको र आफूहरु सोही कालदेखि नै जग्गाको धनी रहँदै आएको, र बहुदल र प्रजातन्त्र आउँदापनि जग्गाधनी रहेको सुनाए । ०६२÷०६३ सालको जनआन्दोलनपछि गणतन्त्र आएपछि भने आफूहरुलाई सरकारको लापरवाहीको कारण जग्गाधनीबाट (कुनै पनि सूचना नदिईकन मोही बनाउने काम भयो) त्यही कारण आफूहरुले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको भन्ने उनको भनाई छ ।

उनले गुठीको विरुद्धमा यसअघि पनि आन्दोलन चलेको स्मरण गराए । श्रेष्ठले ०७४ को निर्वाचनपछि गुठी संघर्ष समितिमार्फत आन्दोलन गरेको स्मरण गराउँदै आफूहरुको मागबारे भने कुनै सुनुवाई नभएको गुनासो पोखे । उनले आफूहरुको प्रतिनिधित्व कुनै ठाउँमा नरहेको गुनासो पोखे ।

कार्यक्रममा सो क्षेत्रमा क्रियाशिल नेकपा (माओवादी केन्द्र) की प्रदेश कमिटी सदस्य सरला धमलाले पनि समितिले अघि सारेको माग र गरेको निर्णयमा ऐक्यबद्धता जनाएकी छिन् । उनले आफूहरु माग पूरा गराउनको लागि राष्ट्रिय मुद्दा बनाएर अघि बढेको सुनाईन् । उनले आफूहरु पहिले जग्गाधनी रहेको र अहिले आएर राज्यको लापरवाहीको कारण सुकुम्बासीमा परिणत भएको गुनासो पोखिन् । उनले सम्पत्तिमाथिको नागरिकको मौलिक हक हनन भएको पनि टिप्पणी गरिन् । समितिले चाल्ने कदममा आफू र आफ्नो दलको पूर्ण ऐक्यबद्धता रहने पनि धमलाको भनाई छ ।

त्यस्तै, सोही क्षेत्रमा सक्रिय नेकपा (एमाले) वडा ईन्चार्ज केदार लम्सालले पनि समितिको निर्णयको ऐक्यबद्धता जनाएका छन् । उनले आफूहरु दलीय आवद्धताभन्दा माथि उठेर आफूहरुको माग र मुद्दाको सम्बोधन गर्न लागिपरेको सुनाए । उनले भने,‘यो निर्वाचन बहिष्कार गर्नको लागि म सबैमा आग्रह गर्न चाहन्छु ।’

यस्तै, राप्रपाका प्रतिनिधि नमराज धमलाले राज्यको लापरवाहीको कारण आफूहरु सुकुम्बासी बन्नुपरेको सुनाए । उनले भने,‘गणतन्त्रले श्री ५ भन्ने शब्द मेटाईदिएको छ । तर, गणतन्त्रका ती नायकहरु श्री ५ बनेका हुन त ? म प्रश्न गर्न चाहन्छु । प्रदेश सरकार गठन भएपछि हाम्रो जग्गा तलमाथि भएको छ ।’

उनले आफूहरुको जग्गा गुठीमा रहेको भनेर कतैपनि अभिलेखमा नदेखिएको भन्दै नेताहरुको प्राविधिक गल्तीको कारण यस्तो भएको भन्दै सो जग्गाबारे राज्यले तत्काल छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अर्का वक्ता सुर्वण रिमालले निर्वाचन बहिष्कार गरेर समाधान होला त ? भन्ने जिज्ञासा राखेका थिए । तर, माग पूरा हुने सवालमा भने समितिले गरेको निर्णय र आगामी दिनमा चाल्ने कदममा भने आफ्नो पूर्ण समर्थन रहने उनको प्रतिबद्धता थियो ।

वि.सं.२०७९ कात्तिक ५ शनिवार १५:४० मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...