back
NMB ad

चेल्सी र लिभरपुल स्तब्ध

Kumari bank ad

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा महारथी क्लब द्वय चेल्सी र लिभरपुल स्तब्ध बनेका छन् ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई लिड्स युनाईटेडसँग २–१ अन्तरले पराजित भयो । लिड्सको जितमा रोड्रिगो मोरेनाले चौथो मिनेटमा गोल गरे । १४औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरेका थिए । तर, खेल सकिन एक मिनेट अघि क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई २–१ को अप्रत्यासित जित निकाले ।

जितसँगै लिड्सले १२ खेलमा १२ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । लगातार खराव लयमा जारी राखेको लिभरपुल १६ अंक जोडेर १६औं स्थानमा छ ।

यता, अर्को खेलमा चेल्सी ब्राइटनसँग ४–१ अन्तरले स्तब्ध भयो । घरेलु मैदानमा ब्राइटन बलियो चेल्सीविरुद्ध पूरा समय हाबी भएको थियो ।

खेलको पाँचौं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए । १४औं मिनेटमा चेल्सीका रुबेन लोफ्ट्सले आत्मघाती गोल गरे । ४२औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गर्दा पहिलो हाफमै ब्राइटन ३–० ले अघि रह्यो ।

४८औं मिनेटमा काइ हार्भट्जले गोल गर्दा चेल्सीले अग्रता ३–१ को स्थितिमा झारे । तर, इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को प्रभावशाली जित दिलाए ।

हारसँगै चेल्सी १२ खेलमा २१ अंक जोडेर पाँचौं स्थानमा छ । ब्राइटन १८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ ।

वि.सं.२०७९ कात्तिक १३ आइतवार ०८:०१ मा प्रकाशित

You can share this post!

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:५१

दमौली (तनहुँ), ३१ वैशाख : निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा...

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा...

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

दुर्गा मन्दिर : परियारले बनाए, गैरदलितले सघाए   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:२७

तनहुँ, ३१ वैशाख : व्यास नगरपालिका–१३ बेलवासका परियार गैरदलितको सहयोगमा...

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १३:०८

तनहुँ, ३१ वैशाख : जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...