back

तीन महिनामा २७ अर्ब ४१ करोडभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लवार तेल आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट २७ अर्ब ४१ करोड २८ लाख ६९ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।

गत साउन, भदौ र असोज महिनामा नेपालले उक्त कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको हो ।

भन्सार विभागका अनुसार पछिल्लो तीन महिनामा नेपालले १४ अर्ब ४ करोड ८ लाख ५४ हजार रुपैयाँको कच्चा भटमास तेल आयात गरेको छ । उक्त मुल्यमा ६ करोड २४ लाख १९ हजार ७६७ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही समयमा नेपालले ९ अर्ब ९७ करोड २ लाख १५ हजार रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ । उक्त मुल्यमा ५ करोड ८४ लाख ४९ हजार ७२१ लिटर कच्चा पाम तेल नेपाल भित्रिएको छ ।

यस्तै बितेको तीन महिनामा ३ अर्ब ४० करोड १७ लाख ९९ हजार रुपैयाँको १ करोड ६२ लाख ९१ हजार ४६३ लिटर कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ११ अर्ब ९२ करोड २८ लाख ८७ हजार रुपैयाँ कमको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले ३९ अर्ब ३३ करोड ५७ लाख ५६ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो ।

वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:४३

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २५ गते सोमबारका...

आज पितृको सम्झनामा शतबीज छरिँदै, यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा        

आज पितृको सम्झनामा शतबीज छरिँदै, यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा        

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:२६

काठमाडौँ, २५ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत...

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’   

हङकङ ट्रेल रेसमा धाविका ‘सुनमायाको नयाँ कीर्तिमानी’   

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१७

कर्णाली, २४ मङ्सिर : हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल...

दुई केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ   

दुई केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ   

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:१२

काठमाडौँ, २४ मङ्सिर : नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद...

यस्तो छ, आज २५ मंसिर २०८० सोमवारको दैनिक राशिफल

यस्तो छ, आज २५ मंसिर २०८० सोमवारको दैनिक राशिफल

वि.सं.२०८० मंसिर २५ सोमवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...