back
NMB ad

जुम्लाका दुईसहित एक सयभन्दा बढी नेपाली कामदार साउदीमा अलपत्र

Kumari bank ad

दिलमाया शाही, जुम्ला । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् । काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन् ।

अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका(२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए । साउदीको लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामको पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए । उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाको अर्को कम्पनीमा पठाएको थियो ।

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन । उनले भने, त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्यो ।

कुटपीटपछि तीन जनालाई प्रहरीको भ्यानमा राखेर हिरासतमा लिन लागेको थियो । त्यहा काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो । उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेको आरोप लगाएका छन् । बुढाथोकीले भने, म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेको छ । घटना भएको ठउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।

जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए । उनले भने, आफुसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेको छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु ।

उनकी श्रीमती चन्द्रकला पुनले श्रीमानलाई राकमका गेठाना भन्ने रमेश पाण्डे र मेनपावरको प्रतिनिधि प्रकाश बलले विदेश पठाएका हुन् । उनले भनिन्, अहिले दुवै जनाले फोन उठाउँदैनन् । पैसा खाए । राम्रो ठाउँमा पठाइदिने भनेकाले प्रलोभवनमा पारियो । अहिले सास्ती खेप्नुपरेको छ ।

उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए ।

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:५१ मा प्रकाशित

You can share this post!

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

नेपाल टेलिकमको नाफामा सामान्य वृद्धि, कुन सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१४

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...