काठमाडौं । अरुण काबेली पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो ।
कम्पनीले कार्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ शुक्रबार कार्तिक १८ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आज सम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
वि.सं.२०७९ कात्तिक १७ बिहीवार १०:२४ मा प्रकाशित