back
NMB ad

नाट्टाको एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन

Kumari bank ad

काठमाडौं । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सिपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले देशको सात वटै प्रदेश लाई लक्षित गरि एअरलाइन्स टिकेटिङ्ग, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको छ । सबै कार्यक्रमको संयोजन नाट्टा सचिव तथा तालिम संयोजक युविका भण्डारीले गरिरहनुभएको छ ।

अन्तराष्ट्रिय श्रम संगठन र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा जम्मा ३० जना प्रशिक्षार्थीका लागि १ महिने कार्यस्थलमा आधारित तालिम कार्यक्रमको शुभारम्भ कार्तिक १६ गते नाट्टा अध्यक्ष रमेश थापाले काठमाडौंमा गर्नुभयो ।

प्रशिक्षार्थीहरुलाई ८ दिनको सैद्धान्तिक ज्ञान र स्थलगत अध्ययन पछि पर्यटन व्यवसाय सञ्चालन भइरहेको कम्पनीहरूमा व्यवहारिक सीप आर्जनका लागि पठाइने छ ।

त्यसै गरि सयुक्त राष्ट्र संघ विकाश कार्यक्रमको सहयोगमा नेपाल पर्यटन बोर्डको जीविकोपार्जनका लागि दीगो पर्यटन परियोजना अन्तरगत काठमाण्डौँ, बुटवल, पोखरा, नेपालगन्ज, विरगन्ज र विराटनगर गरि जम्मा ६ वटा स्थानमा आयोजना हुने गरि तालिम कार्यक्रमहरु शुरु भएको छ । यि सबै स्थानमा ६०/६० जना को लागि अवसर उपलब्ध हुने र जम्मा २४० जना प्रशिक्षार्थीले ५ दिने तालिम लिनेछन ।

वि.सं.२०७९ कात्तिक १७ बिहीवार १३:३४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...