काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक २५ गतेदेखि आईपीओ निष्कासन गर्ने गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित मूल्यका ५६ लाख ६ हजार ३९० कित्ता शेयर निष्कासन गर्न लागेको हो।
सोमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शसेयरका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयर का लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा कात्तिक २९ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ९ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार ०७:२९ मा प्रकाशित