back
NMB ad

विभिन्न मुद्दामा सजाय पाएका फरार दुई अभियुक्त पक्राउ

Kumari bank ad

बागलुङ । विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका दुई प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा फैसला भएर फरार भएका एक जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले १३ वर्षपछि र बैकिङ्ग कसुर मुदामा फैसला भएर फरार रहेका प्रतिवादीलाई ३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो ।

बागलुङ जिल्लाको साविक बोवाङ गाविस-९ का ५५ वर्षीय पिमबहादुर विक र बानपा(१३ का ५२ वर्षीय विष्णु गिरीलाई निजहरूको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

विकलाई सर्वोच्च अदालत काठमाडौंले २०६८ साल वैशाख २१ गते १२ वर्ष ६ महिना कैदको फैसला गरेको थियो ।

२०६६ मंसिर ३० गते साविक बोबाङ-९ का मन प्रसाद विकलाई कुटपिट गरी चोटपिरको कारण पौष ३ गते उपचारका क्रममा ढोरपाटनतर्फ लैजाँदै गर्दा बाटैमा नै मृत्यु भएपछि कुटपिटमा संलग्न रहेको भन्दै जिल्ला अदालत बागलुङले बोवाङ ९ का लाल बहादुर विक, घम बहादुर विक र पिम बहादुर विकलाई जन्म कैदको सजाय सुनाएको थियो ।

उनीहरूलाई पुनरावेदन अदालत बागलुङ र सर्वोच्च अदालत काठमाडौंले २०६८ वैशाख १४ गते जिल्लाको फैसलालाई नै निरन्तरता दिँदै विकलाई १२ वर्ष ६ महिना कैद तोकेको थियो। विक सोकी समयदेखि नै फरार रहेको भन्दै प्रहरीको फरार सूचीमा थिए ।

पक्राउ परेका विकलाई कैद भुक्तान गर्न जिल्ला अदालत बागलुङमा पठाइएको प्रनाउ थापाले बताए । यस्तै बागलुङ नगरपालिका-१३ पैयुँपाटा बस्ने ५२ वर्षीय विष्णु गिरीलाई उनकै घरबाट पक्राउ गरिएको छ ।

उनीविरुद्ध चेक बाउन्स भएको बैकिङ्ग कसुर मुद्दामा जिल्ला अदालत पाटन संयुक्त बाणिय इजलासको २०७६ कात्तिक १ गतेको फैसलाले २० दिन कैद र ७ लाख ९६ हजार रुपैयाँ जरिवानाको फैसला थियो ।

गिरीलाई लगत कट्टाको लागि बागलुङ जिल्ला अदालतमा पठाइएको प्रनाउ थापाले बताए ।

वि.सं.२०७९ कात्तिक १९ शनिवार १८:५३ मा प्रकाशित

You can share this post!

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...