back
NMB ad

नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरि आफ्नो सेवा सुरु गरेको छ ।

नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा.दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. ०१ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट रहनु भएको कार्यक्रममा अतिथिको रुपमा नेपाल बैंक लिमिटेड सि.अ.विराटनगर, ईटहरी, वजारअड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनवारी शाखाका शाखा प्रबन्धकहरुको समेत उपस्थिति रहेको थियो भने नेपाल बैंक लिमिटेडका ग्राहकहरु, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दा बल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवन मार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरुमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

 

वि.सं.२०७९ कात्तिक २० आइतवार १९:४२ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:३९

डा गोविन्दराज पोखरेल काठमाडौँ, १७ वैशाख (रासस) : समाजवादोन्मुख अर्थतन्त्रको...

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:२३

टक्सार (भोजपुर), १७ वैशाख: भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार...

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ   

वि.सं.२०८१ वैशाख १७ सोमवार १४:०८

काठमाडौँ, १७ वैशाख : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर...

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...