back
NMB ad

रियलमीले सार्वजनिक गर्यो रियलमी ‘सि ३०एस’, कति पर्छ मूल्य ? 

Kumari bank ad

काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो सि सिरिज अन्तर्गत नयाँ रियलमी सि ३०एस सार्वजनिक गरेको छ ।

इन्डस्ट्रि लिडिङ्ग क्यापेसिटिव फिंगरप्रिन्टद्वारा फोन अनलक हुने प्रविधि प्रयोग गरिएको रियलमी सि ३०एस सुरक्षा र गतिको उत्तम संयोजन हो । ५०००एमएचए ब्याट्री क्षमता, र एन्टी–स्लिप डिजाइन भएको रियलमी सि ३०एसले प्रयोगकर्ताहरुलाई उत्कृष्ट एर्गोनोमिक्स प्रदान गर्दछ ।

लन्चमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भन्नुभयो,“सस्तो दाममा बेस्ट फिचर भएको स्मार्टफोन चाहनेहरुका लागि यो राम्रो विकल्प हो । रियलमीमा हामी हाम्रा प्रयोगकर्ताहरूका विभिन्न आवश्यकताहरू समेट्न हरदम तत्पर रहन्छौँ ।

रियलमीको यो सि सिरिज, एन्ट्री–लेभल स्मार्टफोनहरूमा नविनतम प्रविधिहरु उपलब्ध गराउन पाउँदा मलाई गर्व लागेको छ । डिजाइन र टेक्नोलोजीको उत्तम संयोजन रहेको यो रियलमी सि ३०एस हाम्रा उपभोक्ताहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।”

रियलमी सि ३०एस

रियलमी सि ३०एस को मुख्य विशेषताहरू मध्ये एक यसको साइड–फिंगरप्रिन्ट सेन्सर हो । सि सिरिजमा रहेको फिंगरप्रिन्ट सेन्सरले स्मार्टफोनलाई मात्र ०.५८ सेकेन्डमा अनलक गर्न सक्षम बनाउँनुको साथै तपाईको निजी जानकारी सुरक्षित राख्न परिष्कृत सुरक्षा अनलक विधि प्रदान गर्दछ

माइक्रो–टेक्सचर एन्टी–स्लिप डिजाइन र अल्ट्रा–स्लीक ८.५ एमएम बडी भएको यो रियलमी सि ३०एस को तौल केवल १८२ ग्राम रहेको छ । यो स्मार्टफोनमा ६.५ इन्चको फुल स्क्रिन एलसीडी डिस्प्ले समावेश गरिएको छ जसले प्रयोगकर्ताहरूलाई इमर्सिभ दृश्य अनुभव प्रदान गर्दछ । रियलमी सि ३०एस मा स्क्रिन–टु–बडी रेसियो ८८.७% रहेको छ ।

रियलमी सि ३०एस स्ट्राइप ब्लू र स्ट्राइप ब्ल्याक गरि दुई रंगहरूमा उपलब्ध हुनेछ जसको मूल्य रु. १३,४९९ (द्दन्द्य ं घद्दन्द्य) र रु. १५,९९९ (4GB + 64GB)रहेको छ ।

वि.सं.२०७९ कात्तिक २१ सोमवार १९:३६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...