back
NMB ad

वृषलाई अध्ययनमा रुची बढ्ने, अन्य राशिको कस्तो छ आज ? 

Kumari bank ad
आजको पात्रो : २२ कात्तिक २०७९, मंगलबार । नोभेम्बर महिनाको ८ तारिक २०२२ । कार्तिकशुक्लपक्ष पूर्णिमा तिथि, आज चन्द्रग्रहण लाग्ने भएको छ ।

 

आज बिहान सूर्योदय ६ः१९ मा हुनेछ भने सूर्यास्त ५ः१७ मा हुनेछ । बब करण, भरणी नक्षत्र, व्यातिपात योग, चन्द्रमा मेष राशिमा रहेको छ । मंगलबार गणेश र हुनमानको साधनामा लाग्नु उत्तम हुनेछ । पूर्णिमा तिथि र ग्रहण समेत परेको हुनाले आजको दिन ध्यान, तप, योग र साधना गर्दा उत्तम फल प्राप्त हुनेछ । बिहान ११ः२६ देखि १२ः०९ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको सबैभन्दा उत्तम समय रहेको छ ।

आज बिहान ८ः११ बजेदेखि चन्द्रग्रहणको सुतक समय शुरु हुन्छ । ग्रहण शुरुवात साँझ ५ः११ देखि ६ः३४ सम्मको समयमा हुनेछ । एक घण्टा २३ मिनेटसम्म ग्रहण समय रहनेछ । आज बिहान ८ः११ भन्दा अगाडि नै भोजन गर्नुपर्छ । सुतकको समयमा भोजन निषेध गरिएको छ । बालक, बृद्ध, असक्त र विरामीको लागि दोष लाग्दैन ।

ग्रहण लागेको समयमा सुत्नु, खान र मनोरन्जनात्मक र मैथुन कार्य गर्नुहुँदैन । ग्रहण लागेको बेला भजन, कीर्तन, जप, पाठ, गर्नु पर्दछ । आजको चन्द्र ग्रहणको समयमा मेष राशिलाई घातः, वृष राशिलाई व्ययः, मिथुन राशिलाई लाभः, कन्यालाई सुखमः सिंहलाई माननाशः, कर्कटलाई कष्टमः, तुलालाई स्त्रीपीडाः, बृश्चिक सौख्यमः, धनुलाई चिन्ताः, मकरलाई ब्यथाः कुम्भलाई श्रीप्राप्तिः, मीनलाई क्षतिः रहेको छ । आजको दिन ग्रहणको प्रभावलाई ध्यानमा दिएर आजको दिन जप, तप, साधना गरेर दिन विताउनु उत्तम हुनेछ । आफ्नो, कुलदेवता, इष्ट देवता र आफूले गरेको मन्त्र साधना सिद्धिका लागि केही उपाय गर्नु उत्तम हुनेछ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन विशेष साधना गर्नु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्म शास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्न सक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने कष्टकर हुनेछ । यात्रा गर्नै पर्ने छ भने पूर्वदिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । आजको दिन जप, ध्यानमा समय खर्चनु होला । आज खर्च हुने संभावना बढी छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । आज मिथुन राशिका जातकहरुले नयाँ काम गर्न सक्नुहुनेछ । आजको दिन  सफलता प्राप्ति हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा तपाईप्रति विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ । विवाद हुँदा हानी हुनेछ । आजको विवाद हुने काम नगर्नुहोला । सुख प्राप्त हुने संभावना छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ । मंगलबार कुनै नयाँ काम शुरुवात र मानसम्मान मिल्न सक्छ । व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र बृद्ध व्यक्तिहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । आजको दिन कष्टदायी छ । मौन रहनु उत्तम हुनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)
दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला ।  यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन । आजको दिन महिलाहरुसँग वादविवाद नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यबसायबाट लाभ हुने देखिन्छ । आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला । नयाँ संभावना र सुख प्राप्तिको योग रहेको छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ । आज चन्द्रमाको साथ रहेकोल तपाईले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराहरुका समाधानका बाटा खुल्दै जानेछ । तपाईको कार्यमा चिन्ता बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुनेछ । आजको दिन ध्यान गर्नु, मौन रहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । आजको दिन श्रीप्राप्ति हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
मीन राशिका जातकका लागि मंगलबार बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ। तपाईको आजको दिन हानी हुने संभावना छ । सर्तक भएर कार्य गर्नु होला ।


वि.सं.२०७९ कात्तिक २२ मंगलवार ०६:१३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...