काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको भाउ प्रतितोला ३ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ छ । यसैगरी, आज चाँदी तोलाको १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ कात्तिक २२ मंगलवार १०:५२ मा प्रकाशित