back
NMB ad

विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

Kumari bank ad

काठमाडौं ।  देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको मिक्लाजुङ्ग गाउँपालिका–१ बर्खेस्थित खोल्सीमा सोही गाउँपालिका आले बस्ने ४३ वर्षीय मोति बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको भिमफेदी गाउँपालिका–८ कोगटेस्थित दोभान खोलाको ढुंगाको काप्चामा ईन्द्रसरोबर गाउँपालिका–३ काप्राङ बस्ने ५७ वर्षीय संचार थिङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–९ विराटनगर लाईनस्थित सोही उपमहानगरपालिका–८ बस्ने ४५ वर्षीय कपिल हरिजन सोमबार मृत अबस्थामा फेला परेका छन् ।

तनहुँको देवघाट गाउँपालिका–२ जरम बस्ने ८० वर्षीय चन्द्र बहादुर थापा आफ्नै घर पछाडी रहेको भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहानको खाना खाई घर नजिक रहेको बारीमा जान्छु भनी गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार पुल नजिक हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका–१ साब्चेत सामुदायिक वन र दोरत सामुदायिक वनको सिमानाको जंगलको तीन खापे ढुङ्गाको कप्चेरोमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका–१८ सुन्दर बजारमा हाल पहिचान नखुलेका अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७९ कात्तिक २२ मंगलवार १२:४५ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...