back
NMB ad

उपकार लघुवित्तको नाफा ३.८९ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

Kumari bank ad

काठमाडौं ।  उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा यसले ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो ।

गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले ८६ करोड ७४ लाख रुपैयाँ सापट लिएर दुई अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

यस अवधिसम्म यसले एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । असोज ससान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष उक्त नाफा तीन करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । त्यस्तै, खुद ब्याज आम्दानी पनि १५.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तले ११ लाख रुपैयाँ राइट ब्याक पनि गरेको छ ।

हाल उपकारको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ । यसको निष्कृय कर्जा अनुपात घटेर २.७९ प्रतिशत पुगेको छ ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार १२:४९ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...