back
NMB ad

पूर्वअर्थमन्त्री पौडेलले भन्छन्- देशको अर्थतन्त्र संकटमा छ, मन बुझाउने कुनै ठाउँ रहेन

Kumari bank ad

बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलोका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् । उनले सबै सूचकांक सकारात्मक नरहेको बताउँदै महँगी, बेरोजगार र तीव्र आर्थिक संकटले कतै पनि मन बुझाउने ठाउँ नरहेको दाबी गरे ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरू नकारात्मक देखिएबो बताउँदै उनले मुलुक निराशाजनक स्थितिमा पुगेको टिप्पणी गरे । पछिल्लो तथ्यांकअनुसार मुलुकको मुद्रस्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो ।

चरम मूल्यवृद्धि बेरोजगारीका कारण युवाहरू विदेश पलायन हुने दर अस्वाभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए । एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिंडाउन नसक्दा अकल्पनीय ढंगले मुलुकको स्थितिले बाटो बिराएको दाबी गरे ।

पौडेलले बुटवल-गोरुसिङ्गे हुँदै चन्द्रौटा जोड्ने सडक ६ लेनमा बिस्तारका लागि केही महिनामै टेण्डर प्रक्रियामा जाने बताए । बेलहिया–बुटवल ६ लेन सडक निर्माणमा भएका कमजोरीलाई सच्याउँदै थप आकर्षक र व्यवस्थित ढंगले पूर्व-पश्चिम राजमार्गअन्तर्गतको बुटवल–चन्द्रौटा सडकलाई बिस्तार गरिने उनले बताए ।

सडक निर्माणका लागि विश्व बैंकसँग नेगोसेसन गरी डिपीआर निर्माणलगायतका काम अघि बढेको बताउँदै उनले ३८ अर्ब लागतमा सडक बिस्तारको काम हुने उल्लेख गरे । पौडेलले यो सडक निर्माणसँगै रुपन्देहीको सैनामैना तथा कपिलवस्तुलगायतका सहरहरूलाई थप व्यवस्थित र विकसित गराउने दाबी गरे ।

सैनामैनामा निर्माणाधीन मुलुककै लामो चक्रपथ निर्माणले सैनामैनाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियाे । मुलुककै लामो  सैनामैना चक्रपथको ५७ किलोमिटर मध्ये करिब ४० किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले बताए ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार १४:४६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...