back
NMB ad

डुम्रे बेशीसहर सडकअन्तर्गत उदीपुर सडक पाँच महिनापछि खुल्यो

Kumari bank ad

लमजुङ । बेंसीसहर–डुम्रे राजमार्गमा पर्ने लमजुङको उदीपुर सडकमा अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गरिएको छ ।

वैकल्पिक सडक निर्माण गरिएसँगै ५ महिनापछि उक्त सडक भएर सवारी आवागमन हुन थालेको छ ।

डुम्रे–बेंसीसहर–चामे सडकमा पर्ने यो सडक मनाङ जाने एक मात्र बाटो हो । लमजुङ र मनाङका बासिन्दालाई प्रभावित पार्ने गरी पहिरो गएकोमा सडक निर्माणकार्य ढिलाइ भएको स्थानीयले गुनासो गरेका छन् ।

बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले सडक कार्यालयका तर्फबाट सडक निर्माण गरिनुपर्नेमा स्थानीय तहकोसमेत दायित्व सम्झेर सडक निर्माण गरिएको बताए । ‘यसअघि पानी परिरहेको थियो । हामीले पानी पर्न रोकिएपछि अस्थायी रूपमा वैकल्पिक सडक निर्माण गर्ने तयारी गरेका थियौं । पानी पर्न रोकिएपछि हामीले सडक निर्माण गरेका छौं । नगरपालिकाले इन्धन उपलब्ध गराएको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बेंसीसहर नगरपालिकाले इन्धन उपलब्ध गराउने, मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रले आवश्यक फलामका पोल उपलब्ध गराउने र डुम्रे–बेंसीसहर–चामे सडक योजनाको प्राविधिक र मेसिनरी सामग्री सहयोग उपलब्ध गराउने छलफलपछि वैकल्पिक सडक निर्माण गरिएको उनले बताए । उनका अनुसार कात्तिक १६ गतेदेखि वैकल्पिक सडक निर्माण गरिएको र अहिले सवारी गुड्न थालिएको बताए ।

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार १ सय ६० मिटर चौडाइको पहिरो खसेको छ । अहिले कम्तीमा ५ मिटर चौडाइको १ सय मिटर लामो सडक बनाइएको उनले बताए । ‘अहिले वैकल्पिक रूपमा पहिरोबाटै अस्थायी सडक निर्माण गरिएको छ । सडक निर्माणका लागि टेन्डर खुल्दै छ,’ उनले भने ।

गतवर्ष भदौ ११ मा पहिरो खसेपछि अस्थायी रूपमा डाइभर्सन निकालेर सवारीसाधन आवागमन गरिएको थियो । उक्त सडक पनि गत असार ४ को पहिरोले बगाएपछि वैकल्पिक रूपमा मस्र्याङ्दी नदीको तीरैतीर डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो ।

नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाइभर्सनबाटै उठाइने र यसका लागि १८ करोड रुपैयाँ बजेट स्वीकृत भएको उनले बताए । उक्त बजेटबाट यसअघिको सडक नै जोडिने गरी १ सय ६० मिटरको सडक बन्ने छ ।

मर्स्याङ्दीको पानीको सतहबाट आरसीसी ढलान पर्खाल लगाएर अहिलेको डाइभर्सन सडकलाई पक्की बनाउने र त्यसपछि पर्खाल साथै जाली लगाइने उनले बताए ।

वि.सं.२०७९ कात्तिक २६ शनिवार १७:३७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...