काठमाडौं । ग्लोबल आइएमई बैक र बैक अफ काठमाण्डूबीच मर्जरका लागि अन्तिम स्वाप रेसियो तय भएको छ । बैंकको कात्तिक २४ बसेको सञ्चालक समितीको बैठकले स्वाप रेसियो तय गर्ने निर्णय गरेको हो ।
यी दुई बैक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबार लगायत अन्य विभिन्न पक्षहरुको मूल्यांकन गरी बैक अफ काठमाण्डूको १०० कित्ता र ग्लोबल आईएमई बैंकको १०० कित्ता सेयर अर्थात १ः१ को अनुपातमा मर्जर हुने बैंकले जनाएको छ ।
मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५२.२९ अर्ब, चुक्ता पूँजी रु. ३४.४१ अर्ब, कूल निक्षेप रु. ३८४ अर्ब, कूल कर्जा रु. ३८० अर्ब सहित कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ ।
वि.सं.२०७९ कात्तिक २७ आइतवार १४:०३ मा प्रकाशित