back
NMB ad

सूर्या लाइफको खुद नाफा ८२.५४ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक ८२ दशमलब ५४ प्रतिशतले बढेको हो ।

यसको खुद बिमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी सामान्य बढेको छ भने नोक्सानी व्यवस्थाबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।

सूर्या लाइफको जगेडा कोष २१.५० प्रतिशत घटेको छ भने जीवन बिमा कोष २९.६५ प्रतिशतले सुधार देखिएको छ । असोज मसान्तसम्म जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ र जीवन बिमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

सूर्याको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ । यो हाल ज्योति लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ ।

वि.सं.२०७९ कात्तिक २८ सोमवार १०:०६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...