back
NMB ad

एकैदिन पाँच कम्पनीको लाभांश प्रस्ताव, कुनले कति दिने भए ?

Kumari bank ad

काठमाडौं । बुधवार दुई बैंकसहित पाँच कम्पनीले लाभांश घोषणा गरेका छन् । उक्त दिन मेगा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स माउन्टेन इनर्जी नेपाल र प्रिमियर इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव गरेका हुन् ।

मेगा बैंक

मेगा बैंकको कात्तिक २९ गते बसेको संचालक समितीको बैंठकले ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

जसमा ४ प्रतिशत बोनस सेयर र ३.८३५ नगद लाभांश रहेको छ । उक्त लाभांश नियामक केन्द्रीय बैंकको स्वीकृति र साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीले पाउनेछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको कात्तिक २९ बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ७३ करोड २३ लाख १ हजार ६५३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँको ९।४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्स कम्पनीको कात्तिक २९ बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

माउण्टेन इनर्जी नेपाल

माउण्टेन इनर्जी नेपालको कात्तिक २९ मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस ८ गते वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारण सभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

त्यस्तै, कम्पनीले नगद लाभांश प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गर्ने जनाएको छ ।

यसर्थ, मंसिर २६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन् ।

वि.सं.२०७९ कात्तिक ३० बुधवार १९:१८ मा प्रकाशित

You can share this post!

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...