रोल्पा । रोल्पाको थबाङमा न्यून मतदान भएको छ । बेलुका ५ बजेसम्म त्यहाँ करिब २३ प्रतिशत मात्रै मत खसेको बताइएको छ ।
थबाङमा दुई मतदान स्थल रहेका थिए । थबाङ गाउँपालिका(१ मा रहेको जनचक्षु प्रावि मतदानस्थलमा २३० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदानस्थलमा एक हजार ३१४ मतदाता रहेका छन् ।
यसैगरी वडा नम्बर २ थबाङमा रहेको साविक गाविस भवन मतदानस्थलमा ४१९ मत खसेको छ । उक्त मतदानस्थलमा एक हजार ५७७ मतदाता रहेका छन् ।
वि.सं.२०७९ मंसिर ४ आइतवार १९:४८ मा प्रकाशित