back
NMB ad

यी एघार कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डाहरु ?

Kumari bank ad

काठमाडौं । यतिबेला विभिन्न कम्पनीहरूले लाभांश घोषणा गर्दै लाभांश प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा बोलाइरहेका छन्। अहिले विभिन्न ११ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले मंसिर ८ गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले कार्तिक ४ गते बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा होटल भिष्वा, बीरगंज,पर्सामा बिहान ९ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफारनोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक १७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

नेसनल लाइफ इन्स्योरेन्स

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १८ गते साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

२०७७/७८ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते एकदिन बुक क्लोज गर्ने भएको छ । मंसिर ७ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । सभा नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभा लैनचौर बैंक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ । बैंकले हालै साधारण सेयरमा परिणत गरेको ७ प्रतिशत अग्राधिकार सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकले पुस ३ गते आम्रपाली बैंक्वेट, वालुवाटार, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । अधिकृत पुँजी १२ अर्ब रुपैयाँबाट बढाएर १५ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ ।

साथै, सभामार्फत सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

यस्तै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज हुनेछ । तसर्थ, मंसिर १८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकलेको ३६औं वार्षिक साधारण मंसिर २५ गते बोलाएको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट लगानीकार्तालाई दिन प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले मंसिर १० गते शनिबार चौथो वार्षिक साधारण सभा बोलाएको हो। सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजेदेखि सुरु हुनेछ।सभाले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १ गते बुकक्लोज गर्नेछ। यस अनुसार कात्तिक ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंक लिमिटेडको १६ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा बोलाएको छ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मङ्सिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सले विशेष साधारणसभा मङ्सिर ९ गते शुक्रबार काठमाडौं स्थित लैनचौर ब्यांक्वेटमा विशेष साधारणसभा बोलाएको हो।

सभामा मर्जर सम्बन्धि प्रस्तावहरु पारित हुने छन् । कम्पनीको सम्पत्ति तथा दायित्वको मल्यायन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्त गर्ने, संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने जस्ता एजेण्डा रहेको छ ।

हाल प्रभु इन्स्योरेन्स र अजोड़ इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । कम्पनीले विशेस साधारणसभा प्रयोजनको लागि मङ्सिर २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् ।

युनिलिभर नेपाल

युनिलिभर नेपालले २९ औं वार्षिक साधारण मंसिर २० गते होटल एभरेष्ट, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । सभाले सञ्चालक समितिले सिफरिस गरे बमोजिम अर्थात प्रतिसेयर १२ सय १५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९र८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

साथै सभाले नयाँ सञ्चालकहरुको समेत चयन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ, मंसिर ३ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

सोल्टी होटल

सोल्टी होटलले २६.३१५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश प्रस्ताव गर्न लागेको हो ।

होटलले लाभांश प्रस्तावसहित पुस २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सोल्टीले साधारण सभा प्रयोजनाका लागि पुस ७ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।
यसर्थ, पुस ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडको २८ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि ञिभुवन आर्मी अफिसर्स क्लबमा संचालन गर्ने निर्णय गरेको छ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

वि.सं.२०७९ मंसिर ६ मंगलवार १४:५१ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...