धनगढी । माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् । लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् । लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
वि.सं.२०७९ मंसिर ९ शुक्रवार ०६:०७ मा प्रकाशित