back
NMB ad

ललितपुरका ९ क्षेत्र : ५ मा एमाले, ३ मा कांग्रेसको जित

Kumari bank ad

ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ ।

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक÷एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका उदयशम्शेर राणा र क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले विजयी हासिल गरे । त्यस्तै क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गरेकी छिन् ।

त्यस्तै प्रदेशसभामा ललितपुर १ को प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल र प्रदेशसभा २ मा कांग्रेसका मीनकृष्ण महर्जनले निर्वाचित भए ।

ललितपुर क्षेत्र नं १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन अधिकृत बालकृष्ण निरौलाले ७ मंसिर बुधवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभामा निर्वाचित राणाले २३ हजार ८ सय ९२ मत, प्रदेशसभामा निर्वाचित पौडेलले ११ हजार २ सय ९९ मत र महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ५ सय ८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर २ को प्रदेशसभा १ मा  एमालेका रामेश्वर  श्रेष्ठ र प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकारले जित हात पारे । प्रतिनिधिसभामा निर्वाचित महर्जनले १५ हजार २५ मत, प्रदेशसभामा निर्वाचित श्रेष्ठले ८ हजार २ सय ९८ मत र चित्रकारले ६ हजार ९ सय ९५ मत प्राप्त गरे । ८१ हजार ८ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५३ हजार १ सय ७७ मत खसेको क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ललितपुर ३ को प्रदेशसभा १ मा एमालेका रघुनाथ महर्जन र प्रदेशसभा २ मा एमालेका प्रेमभक्त महर्जनले जित हासिल गरे । ललितपुर क्षेत्र नं ३ मा निर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की, प्रदेशसभामा निर्वाचित सदस्य रघुनाथ र प्रेमभक्तलाई मंसिर ८ गते बिहीबार दिउँसो मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

प्रतिनिधिसभामा निर्वाचित डा. कार्कीले ११ हजार १ सय ३६ मत, प्रदेशसभामा निर्वाचित रघुनाथले ९ हजार ७ सय ६६ मत र प्रेमभक्तले ९ हजार ५८ मत प्राप्त गरेकी छिन् । ९४ हजार १ सय १६ मतदाता रहेको यस क्षेत्रमा ६१ हजार ६ सय ७८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२ लाख ५० हजार ४ सय १० मतदाता रहेको यस जिल्लामा १ लाख ६५ हजार ४ सय ३८ मत खसेको जिल्ल निर्वाचन कार्यालय प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् ।

वि.सं.२०७९ मंसिर ११ आइतवार १३:०० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...