back

आज १४ मंसिर २०७९, बुधबार : थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो ः १४ मंसिर २०७९, बुधबार । तद्नुसार नोभेम्बर महिनाको ३० तारिक २०२२ । मार्गशुक्लपक्ष सप्तमी, बणिज करण, धनिष्ठा नक्षत्र, व्याघात योग र चन्द्रका कुम्भ राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः३७ मा हुनेछ भने सूर्यास्त ०५ः०८ मा हुनेछ ।  विहान ११ः३२ देखि १२ः३४ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेको काम आज शुभ हुनेछ । आजको देवता बायु र ग्रहदेव शुक्र रहेको छ । बुधबार आर्थिक कारोबार र गृहस्थ जीवनको केही महत्वपूर्ण कार्य गर्दा शुभ हुनेछ । ऋण दिनका लागि आजको दिन उत्तम रहेको छ । धार्मिक अनुष्ठानका कार्यहरुमा सहभागिता जनाउनु राम्रो हुनेछ । मार्गशुक्लपक्ष अध्यात्मिक जागरणको लागि शुभ महिना मानिन्छ । आजको दिन परिवारका सदस्यहरुबीच विवाद हुने कुनै पनि काम नगर्नुहोला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

तपाईले गर्नुभएको सत्कार्यबाट मान सम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । तपाईको मन प्रवल हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्ठी रहन सक्छ । लामो यात्राको लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु वेश हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले तपाईको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नुभयो भने तपाईको लागि यात्रा फलदायी हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ ।  मित्र र आफन्तलाई दिनुभएको सहयोग राशि फिर्ता हुनसक्छ । परिवारका सदस्यहरुबाट तपाईले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन विहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुपर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

धन लाभको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा तपाईलाई खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान समेत मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

तपाईको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नैं वेश हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु नैं वेश हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु नैं वेश हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

ब्यापार ब्यबसायको कामबाट लाभ हुनसक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन सकेसम्म आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईमाथि अनेक आरोप आउँछन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ । व्यापार ब्यबसायबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हुनसक्छ, आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालय यात्रा गर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार ब्यबसायबाट फाइदा हुनेछ ।  छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहरुले समेत तपाईको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तहरुलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईलाई साथ सहयोग दिने कुनै  मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत भएपनि भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा पुगेर दर्शन मात्र गर्नाले मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने तपाईलाई फाइदा पुग्नेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्व तयारी गरेर मात्र यात्रा गरे बेश हुनेछ । आजको दिन  अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल रहेको छ ।  आर्थिक लाभ हुनसक्नेछ । चन्द्रमाको साथ रहेको छ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि तपाईलाई आजको दिन सफलता मिल्नेछ । परिवारका जेष्ठ सदस्यलाई केही उपहार दिनु भयो भने आशीर्वाद प्राप्त हुनेछ । घर ब्यबहारको लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ ।

वि.सं.२०७९ मंसिर १४ बुधवार ०६:५८ मा प्रकाशित

You can share this post!

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

आजको मौसमः प्रदेश १, बाग्मती र गण्डकीमा हिमपात हुन सक्ने

वि.सं.२०७९ माघ १८ बुधवार ०७:५२

काठमाडौं । देशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम...

हेर्नुहोस : यस्तो छ आजको मौसम

हेर्नुहोस : यस्तो छ आजको मौसम

वि.सं.२०७९ माघ १७ मंगलवार ०८:०५

काठमाडौं । देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही...

थाहा पाउनुहोस (२०७९ माघ ११ गते, बुधवार) आजको राशिफल

थाहा पाउनुहोस (२०७९ माघ ११ गते, बुधवार) आजको राशिफल

वि.सं.२०७९ माघ ११ बुधवार ०८:०३

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

हेर्नुहोस आजको राशिफल

हेर्नुहोस आजको राशिफल

वि.सं.२०७९ माघ १० मंगलवार ०७:१७

२०७९ माघ १० गते, मंगलवार, २४ जनवरी २०२३। माघ शुक्लपक्ष...

आज २०७९ माघ ९ गते, सोमवार, थाहा पाउनुहोस आजको राशिफल

आज २०७९ माघ ९ गते, सोमवार, थाहा पाउनुहोस आजको राशिफल

वि.सं.२०७९ माघ ९ सोमवार ०७:४४

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ...

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

सोनाम ल्होछारको अवशरमा तीन दिन सार्वजनिक बिदा

वि.सं.२०७९ पुस ३० शनिवार १८:१८

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व...