काठमाडौं । आज सुनको भाउमा बढोत्तरी आएको छ । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयांले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँ, तेजावी सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला ५ रुपैंयाले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर १४ बुधवार ११:११ मा प्रकाशित