back
NMB ad

नगरले मेसिन लैजान रोक लगाएपछि अस्पतालचोक–दुबेछिवा सडक स्तरोन्नतिको काम सुरू

Kumari bank ad

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीको एक्स्काभेटर र व्यकहो–लोडर अन्यत्र लैजान रोक लगाएपछि अस्पतालचोक–लफ्याङको दुबेछिवा सडक स्तरोन्नतीको काम सुचारु भएको छ ।

निर्माण कम्पनी ढुकुचु–बगाले–बिएण्डटी जेभीले अस्पतालचोक (दिक्तेल)–लफ्याङको दुबेछिवा (३.७ किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर एक्स्काभेटर र व्यकहो–लोडर अन्यत्र लैजान खोज्दा नगरपालिकाले गत २० कात्तिकमा फलामे साङ्लोले बाँधेर नियन्त्रणमा राखेको थियो । मेसिन अन्यत्र लैजान नपाएपछि ठेगान लागेको निर्माण व्यवसायीले २६ कात्तिकमा नगरपालिकामा उपस्थित भएर गरेको लिखित कबुलियतनामा अनुसार मंगलबारदेखि सडक स्तरोन्नतिको काम सुचारु गरेको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीका प्रतिनिधि मोहन श्रेष्ठ, र कुमार भण्डारीले नगरपालिकामा उपस्थित भएर सडक स्तरोन्नतिको अवरुद्ध काम तत्काल सुचारु गर्ने र बाँकी रहेको समयभित्रै काम सम्पन्न गर्ने लिखित कबुलियतनामा गरेका थिए । तत्कालका लागि सडकको खाल्डाखुल्डी पुर्ने, सम्याउने र ड्रेन कटाएर सवारी साधनलाई सहजरुपमा आवतजावत गर्नमिल्ने बनाउने र निर्वाचन लगत्तै १० मंसिरदेखि निर्माणको काम सुरु गर्ने कबुलियतनामा गरेको निर्माण व्यवसायीले तीन दिन ढिलागरी कामलाई सुचारु गराएको प्रवक्ता घिमिरेले बताए । निर्माण व्यवसायीलाई हालसम्मको सडक स्तरोन्नतको कार्य प्रगती विवरण र मासिक कार्ययोजना पेश गर्दै समयमै काम सम्पन्न गर्ने, काम नगरे कानून बमोजिम कारबाही भोग्नेगरी कबुलितनामा गराइएको नगरपालिकाले जनाएको छ ।

ढुकुचु–बगाले–बिएण्डटी जेभीले भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेछिवा सडक ग्राभेल गर्ने ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २८ पुस २०७९ सम्ममा सम्पन्न गर्नेगरी सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुंगासँग २० जेठ २०७८ मा ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको समयभित्र द्रुततर गतिमा काम गर्दासमेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ । निरन्तर काम गर्दागर्दै प्राविधिक कारणले तोकिएको समय अवधिभित्र काम सम्पन्न हुन नसके दोहोरो समझदारीमा अर्को निर्णय गरिने मेयर तीर्थराज भट्टराईले बताए ।

यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेछिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको काममा पनि सगरमाथा सजिव आरएन जेभीको ढिलासुस्ती भइरहेको छ । सगरमाथा सजिवले १५ माघ २०७९ सम्ममा सम्पन्न गर्नेगरी २९ चैत २०८७ मा सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । उसले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । सो खण्डको कामको प्रगती पनि सन्तोषजनक नदेखिएको मेयर भट्टराईले बताए ।

निर्धारित समयमा अस्पतालचोक–लफ्याङको दुबेछिवा र दुबेछिवा–साप्सुखोला सडक स्तरोन्नतिको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःखसास्ती भइरहेको छ ।

वि.सं.२०७९ मंसिर १४ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...