काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अर्थात मंसिर १५ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली मंसिर १६ गते शुक्रबार बुक क्लोज गर्दैछ । यसआधारमा अब आज बिहीबारसम्म यसको लाभांश पाउन सेयरधनी बन्न सकिने छ ।
यसले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीको मंसिर २८ गते वार्षिक साधारण सभा बस्दैछ ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार ०६:२८ मा प्रकाशित