काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। बिहीबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ।
नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको प्राप्त भएको छ भने पेट्रोलमा १३ रुपैयाँ र मट्टीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुनेछ ।
वि.सं.२०७९ मंसिर १५ बिहीवार २१:२९ मा प्रकाशित