काठमाडौं । आज सुनको भाउमा बढोत्तरी आएको छ । शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार रुपैयांले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार १ सय रुपैयाँ, तेजावी सुन ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर १६ शुक्रवार १०:४५ मा प्रकाशित