back
NMB ad

धनगढीमा प्रहरी ज्यादतीः विद्यार्थीमाथि दमन, छात्राले लगाएको कपडा च्यातियो

Kumari bank ad

धनगढी । धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना१क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो।

ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन्। ग्रेडरको स्पिड धेरै हुँदैन। तर, ग्रेड चालकले कुल्चिएर चेतनाको ज्यान लिए। कुनै गल्तीबिना आफ्नो साथी गुमाउनु परेपछि पञ्चोदयका विद्यार्थी आन्दोलित बने। दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमै टायर बालेर प्रदर्शन गर्नथाले। दिनभर डिभोटी पिपलचौतारा सडक रणमैदान जस्तै बन्यो।

प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो। सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन्। जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो। न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने।

माहोल अनियन्त्रण बाहिर जाने देखेपछि कैलाली जिल्ला प्रकाशनले बिहीबार साँझदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेध आदेश जारी गर्‍यो। तर, विद्यार्थीको आक्रोशलाई प्रशासनले सम्बोधन गर्न सकेन। त्यसैले उनीहरू निषेध आदेशको अवेज्ञा गर्दै पुनः शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिए। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा यतिवेला विद्यार्थीहरू निषेधाज्ञा आदेश तोड्दै प्रदर्शन गरिरहेका छन्। र, उनीहरूमाथि पुनः प्रहरी दमन सुरु भएको छ।

प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन्।

प्रहरीले विद्यार्थीहरूलाई गिरफ्तार गर्नुका साथै लगाएको लुगा नै च्यातिनेगरी बल प्रयोग गरेकोमा चौतर्फी विरोध भइरहेको छ। सामाजिक सञ्जालमा त झनै प्रहरी दमनको चर्को आलोचना भइरहेको छ। यसले प्रहरी मेरो साथी भन्ने नारालाई कलिला विद्यार्थीहरूले कसरी बुझ्ने र उनीहरूको मानसपटलमा कस्तो प्रभाव पार्ला भन्दै सामाजिक सञ्जालमा प्रश्नसमेत उठेको छ।

धनगढीकै विद्यार्थी जमुना साउदले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्। शान्तिपूर्ण रूपमा मृतक बालिकाको न्यायका लागि आन्दोलनरत विद्यार्थीको आन्दोलनरतमा प्रहरी दमन निन्दनीय भएको भन्दै उनले दुःख व्यक्त गरेकी छन्। ‘स्कुले बालबालिकालाई कुट्दै, पिट्दै, घिसार्दै गिरफ्तार गर्ने कार्यको घोर बिरोध गर्दछौं,’ उनले भनेकी छन् ।

वि.सं.२०७९ मंसिर १६ शुक्रवार १२:०३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...