back
NMB ad

स्वीस सिंगापुरलाई ५० हजार टन मलको ठेक्का, जीटूजीको मल अर्को सातादेखि

Kumari bank ad

काठमाडौं ।  कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन मल आयात गर्ने ठेक्का स्वीस सिंगापुरलाई दिएको छ ।  कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेर २० हजार टन डीएपी र ३० हजार मेट्रिक टन युरिया गरी ५० हजार मेट्रिक टनको कम्पनीलाई दिएको हो ।

कम्पनीका अनुसार तीनवटा  कम्पनीले  बोलपत्रमा  सहभागी  भएकामा  स्विस सिङ्गापुर कम्पनी छनोट भएको  हो । मल आयातका लागि अर्थ मन्त्रालयबाट १६ अर्ब रुपियाँ सुनिश्चित भइसकेको छ । एक महिनाभित्र मल आयात गरिसक्ने भएकाले हिउँदेबालीका लाथि मल अभाव नहुने कम्पनीको दाबी छ । हिउँदमा खासगरि गहुँ, मकै, आलु, तरकारी लगाइन्छ । यस वर्ष कृषि सामग्री कम्पनीले १० अर्ब ५० करोड रुपैयाँ बराबरको एक लाख ३० हजार टन मल आयात गरिसकेको छ । कम्पनीसँग हाल ३० हजार मेट्रिक टन युरिया र १८ हजार पाँच सय टन डीएपी मौज्दात छ ।

मल खरिद गर्न कृषि मन्त्रालयले चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । थप १६ अर्ब रुपैयाँ स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने अुनमान छ । यो वर्ष अन्तर्राष्ट्रिय  बजारमा मूल्य घटेकाले पनि बढी परिमाण खरिद गरिने मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हाल युरिया प्रति टन ७५० डलर र डीएपी प्रति टन ८५० डलर छ ।

नेपाल र भारतबीच  सरकार–सरकारबीच  (जीटूजी) भएको  सम्झौताअनुसार ३० हजार टन रासायनिक मल अर्को साता आउने भएको छ । मल खरिद गर्न तीन अर्ब २६ करोड रुपैयाँ भारत पठाइसकेको छ ।  भारतले  जीटूजीमार्फत  नेपाललाई  वार्षिक  कम्तीमा एक लाख टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो । जीटुजीमार्फत  दोस्रो  वर्षमा  एक  लाख  ७०  हजार टन, तेस्रो वर्षमा एक लाख ९५ हजार टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको थियो ।

वि.सं.२०७९ मंसिर १८ आइतवार ०८:३५ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...