काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सानिमा बैंकको मूल्य समायोजन गरेको छ ।
बैंकको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई २४७ रूपैयाँ १८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।
नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य २७१ रूपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै सोमबार सेयरबजारमा कारोबार खुल्नेछ ।
वि.सं.२०७९ मंसिर १८ आइतवार १५:५६ मा प्रकाशित