back
NMB ad

अब सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्यूआर कोडबाट

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक क्यूआर कोड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ ।

विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ । सो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्यूआर कोड सहितको कर्जा स्वीकृति पत्र ल्याएकोस ानिमा बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्यूआर कोड स्कयान गरी बैंकको आधिकारिक वेबसाइट मार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्ने बैंकले जनाएको छ ।

सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरुबाट उपलब्ध हुनेछ । बैंकले अधिकतम रु.१ करोडसम्म आकर्षक ब्याजदरमा १५ वर्षसम्मको कर्जा प्रदान गरेको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. सञ्जालहरु रहेका छन् ।

वि.सं.२०७९ मंसिर १८ आइतवार १९:११ मा प्रकाशित

You can share this post!

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:५६

धरान (सुनसरी), २९ वैशाख : धरान उपमहानगरपालिका–१४ का सन्तोष विश्वकर्माले...

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४९

रसुवा २९ वैशाख : चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश...

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख २९ शनिवार १५:४४

काठमाडौँ, २९ वैशाख : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...