काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयांले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपैयाँ, तेजावी सुन ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १५ रुपैंयाले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर १९ सोमवार ११:०० मा प्रकाशित