back
NMB ad

सानिमा बैंकद्वारा १८ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु सम्पन्न

Kumari bank ad

काठमाडौं । सानिमा बैंकले मंसिर २१ गते, बुधबार विविध कार्यक्रमहरु आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ ।

यसै अवसरमा केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रुपमा दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुमा कृतज्ञता व्यक्त गर्नुभयो ।

साथै, आगामी दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने जानकारी गराउनुभयो । उक्त कार्यले कर्मचारीहरुको वृत्ति विकास भई गुणस्तरीय कार्यसम्पादन मार्फत ग्राहक सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भयो । त्यसैगरी आगामी २०७९ साल पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरु मार्फत रक्तदान कार्यक्रम संञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ । साथै विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा ए.टि.एम. संजालहरु संचालनमा रहेका छन् ।

वि.सं.२०७९ मंसिर २१ बुधवार २१:३५ मा प्रकाशित

You can share this post!

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल   

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:१२

रसुवा ७ जेठः चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको...

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ७ जेठ २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ७ सोमवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...