back
NMB ad

बाराही हाइड्रोपावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

Kumari bank ad

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब ३८ करोड ७१ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज अन्तिम दिन (मंसिर २६ गते) सम्ममा १२ लाख १६ हजार १५३ जनाले १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २६.९२ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) मंसिर २१ गतेदेखि निष्काशन गरेको हो ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्काशन गरी ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको हो।

जसको ५ प्रतिशत अर्थात २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिमको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो ।

वि.सं.२०७९ मंसिर २६ सोमवार १७:०७ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...