back
NMB ad

बीमा क्षेत्रमा देखिएका समस्याहरू बीमा ऐन बमोजिम नै सम्बोधन हुन्छ : अध्यक्ष सिलवाल

Kumari bank ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर २६ गते (हिजो) बीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा देखिएका धेरैजसो समस्याहरू बीमा ऐन, २०७९ बाट नै सम्बोधन हुने उल्लेख गर्नुहुँदै ऐनले नेपाल बीमा प्राधिकरणलाई बढी स्वायत्तता प्रदान गरेकाले अब बीमा सम्बन्धी सबै विषयमा प्राधिकरण स्वायत्तताको अभ्यास गर्दै अघि बढ्ने बताउनुभयो ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरूलाई प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन गर्न, बीमा दाबी भुक्तानी समेत प्रदेश तथा शाखा कार्यालयबाट नै गर्ने व्यवस्था गर्न, कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न निर्देशन दिएको बताउनुभयो ।

अध्यक्ष सिलवालले प्राधिकरणका प्रदेश कार्यालयहरूबाट बीमकको अनुगमन, निरीक्षण तथा नियमनका साथै प्राधिकरणबाट हुने अधिकाङ्श कार्य हुने भएकाले काम छिटोछरितो हुनुका साथै सेवाग्राहीको समय समेत बचत हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले निर्जीवन बीमा अन्तर्गत बालबालिकाको बीमामा समस्या देखिएकाले जीवन बीमालेख निर्देशिका, २०७८ संशोधन गर्नुपर्ने, बैंकहरूले मुद्दती खातामा लगानी गरेपछि मात्र बीमा व्यवसाय बीमकलाई दिने परिपाटीले गर्दा बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयहरूलाई पर्याप्त अधिकार प्रत्यायोजन नभएको, बीमा अभिकर्ताहरूका लागि तालिमको व्यवस्था नभएको, सरकारी निकायहरूले बीमा प्रयोजनका लागि कागजात दिन आनाकानी गर्ने गरेको, कृषि बीमाको सिफारिश लिँदा झण्झट व्यहोर्नु परेको लगायतका विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक पुजन ढुङ्गेल (अधिकारी) तथा प्रदेश कार्यालय प्रमुख कुसुम शर्मा, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका पदाधिकारी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ मंसिर २७ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...