back
NMB ad

रियलमीको सबैभन्दा आकर्षक र प्रिमियम फोन रियलमी १० प्रो प्लस ५जी नेपाल आउँदै

Kumari bank ad

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले मिड रेन्जको २०२२ कै सबैभन्दा प्रिमियम स्मार्टफोन नेपालमा ल्याउने भएको छ । यो नेपालमा आउन लागेको रियलमी १० प्रो सिरिजकै पहिलो फोन हो जुन भारतमा एकदमै रुचाइएको छ ।

यसको कारण हो यसको आकर्षक डिजाइन । रियलमी १० प्लस प्रो ५जी नाम दिइएको यो स्मार्ट फोनको कभ्र्ड डिस्प्ले झट्ट हेर्दाखेरि अत्यन्तै आकर्षक र स्टाइलिश देखिन्छ । डिस्प्ले टेक्नोलोजी सुधार्नमा मात्र लगभग साँढे एक करोड खर्च गरिएको कम्पनीले जनाएको छ ।

यो फोनको अर्को आकर्षक पक्ष भनेको यसको डाइमेन्सिटी १०८० ५जी चिपसेट हो जुन नेपालमै पहिलो भएको र यो सेगमेन्टकै बेस्ट भएको दावी गरिएको छ ।

यसको ६ इन्चको कर्भ डिस्प्ले हेर्नमा अत्यन्तै आकर्षक छ त नै, साथै यसको कलर गेमुट पनि उत्तिकै वाइड छ (एक करोडभन्दा माथि) । एचडिआर १० प्लस सर्टिफाइड भएकोले यसमा मज्जाले एचडिआर कन्टेन्टहरु हेर्न सकिन्छ ।

त्यस्तै रियलमी १० प्लस प्रो ५जी लाई अघिल्ला सेटहरु भन्दा अझै बढी टिकाउ बनाउन विशेष तरिकाले डिजाइन गरिएको ०.६५ एमएमको सेकेन्डरी टेम्पर्ड ग्लासको प्रयोग गरिएको छ जुन अत्यन्तै बलियो हुन्छ । त्यस्तै स्मार्ट फोनहरुको ग्लासको मजबुती जाँच गर्न गरिने वान मिटर ड्रप टेस्ट पनि पास गरेको हुँदा १० प्रो प्लस ५जी ड्रप रेसिस्टान्ट पनि छ ।

१०८० को मिडिया टेक डाइमेन्सिटी सिपियु भएको यस रियलमी १० प्रो प्लस ५जीमा गेमर्सहरुको लागि विशेष गरी ४डी गेम भाईब्रेसन मोटर पनि राखिएको छ । सफ्टवेयरको कुरा गर्दा यसमा लेटेस्ट एन्ड्रोइड १३ र यु आइ ४.० रहेको छ ।

यसमा १०८ एमपिको मेन सेन्सर लगायत तीनवटा क्यामरा पछाडिपट्टि राखिएको छ भने ६७ वाट सम्म सुपरभोक चार्जिङ सपोर्ट गर्ने ५००० एमएएचको ब्याट्रि रहेको छ ।

वि.सं.२०७९ मंसिर २८ बुधवार १४:०२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...