काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन सेयर बजार १४.४८ अंकले घटेको हो ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक १८८२.६० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढेको छ ।
उक्त दिन १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैंया बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता सेयर किनबेच भएको छ । उक्त दिन नेप्सेमा रहेको १३ वटै उपसूचक राताम्मै भएको छ ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १५:०५ मा प्रकाशित