काठमाडौं । नेपाल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाटबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीहरुलाई २ प्रतिशतका दरले बोनस शेयर र १० प्रतिशतका दरले नगद लाभांश (कर समेत गरी ) कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।
प्रस्तावित बोनस शेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ पुस १ शुक्रवार ११:१७ मा प्रकाशित